१५ औं साधारण सभा २०७७ सम्पन्न
३१ जनाले सय सय रुपैया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा दर्ता गरी दर्ता भएको १५ वर्षा करिब २०५०० सदस्यहरुबाट १ अरब ९५ करोड पुजी संकलन गर्दै यस कोरोना महामारीको विषम परिस्थितिमा सबै सदस्यहरु एकै ठाउँमा जुटेर साधारण सभा गर्न नसकिने अवस्थाको कारण गत कार्तिक ३ गतेबाट शुरु भएको १५ औ वाषिर्क साधारण सभा २०७७ आज कार्तिक २२ गते संस्थाको केन्द्रिय कार्यालय कोटिहावाको बैठक हलमा अन्तिम समापन भएको छ । समापन कार्यक्रम सबै क्षेत्रको प्रतिनीधित्व गर्दै ३० जना निर्ण्र्ााप्रमाणित गर्ने प्रतिनीतिहरु, नया संचालक तथा लेखा समिति र सल्लाहकार, टोल प्रमुखहरुको रोहोबारमा, संस्थाको अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र संस्थाको संस्थापक अध्यक्ष मेखराज पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गिरी प्रसाद पुनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नवनिर्वाचित सचिव सरु रानाले गर्नु भएको थियो । साधारण सभाले ज्ञानु पौडयालको अध्यक्षतामा संचालक समिति र अनिल थापा श्रीसको संयोजक्त्वमा लेखा समिति र्सबसहमतिमा चयन गरेको छ । सभाले संचालक समितिको उपाध्यक्षमा गिरी प्रसाद पुन, सचिवमा सरु राना, कोषाध्यक्षमा विष्णुमाया कुवर, सदस्यहरुमा नील प्रसाद पुन, बुद्धिबल न्यौपाने, कर्ण्र्ााादुर पुन, जमुना तिवारी, राम प्रसाद अर्याल, शान्ति अधिकारी र लेखा सदस्यहरुमा घनश्याम रेग्मी र कोपिला रानाभाट चयन गरेको छ ।
सभाले गत आर्थिक वर्ष२०७६/७७ को रु.५,८६,५०,६८८।७१ -शुद्ध मुनाफा) सहितको आय व्यय विवरण र यसबाट शेयर सदस्यहरुलाई संस्थाले १६ प्रतिशत शेयर लाभान्स वितरण गर्ने निर्ण्र्ाापनि र्सबसम्मत पारित गरेको छ । संस्थाले सामाजिक कृयाकलापमा रु.९,५७,४५६।-, सदस्यहरुको सहकारी शिक्षामा मात्रै ३८,१७,१६८।- सहित कुल खर्च रु.१४,७६,९२,२७८।६३ खर्च गरेको छ । सभाले लेखा समितिले प्रस्तुत गरेको गत वर्षो आर्थिक कारोबारको समिक्षात्मक प्रतिवेदन लगायत सचिव, कोषाध्यक्ष तथा विभिन्न उपसमिति संयोजकहरुले प्रस्तुत गरेको प्रतिवेदन पनि र्सवसम्मत पारित गरेको छ । यस चालु आर्थिक वर्ष२०७७।७८ को लागि कोषाध्यक्ष सरु रानाले प्रस्तुत गरेको २,३१,०३,९५,६२९।- को वासलात बनाउने लक्ष्य सहितको अनुमानित आय व्यय र्सब सम्मत पारित गरेको छ । यस वर्षपनि संस्थाले विविध सामाजिक कृयाकलापहरु गर्न ८,८५,०००।- र सहकारी शिक्षाको लागि रु.२२,२५,०००।- अनुमानित बजेट विनियोजन गरेको छ । संस्थाले आउने वर्षो आषाढ मसान्त भित्रमा २५ हजार शेयर सदस्य पुर्‍याउने लक्ष्य सहित अगाडि बढेको अवस्था छ । कार्यक्रममा संस्थाले पहुँच सेवा केन्द्र भैरहवाका कर्मचारी पर्ुण्ा कुमारी गुरुङलाई यस वर्षो उत्कृष्ठ कर्मचारी पुरस्कार २०७७ बाट सम्मान गरिएको थियो ।
संस्थामा हाल ४१ जना कर्मचारीहरु कार्यरत छन भने यो संस्थाले भर्खरै एशियाली ऋण महासंघबाट अन्तराष्ट्रिय लेबलको एक्सेस कार्यक्रमको रजत पदक ९क्ष्खिभच द्यचबलम० प्राप्त गरेको छ । यसको साथै यसै आर्थिक वर्ष२०७६ मा संस्थाको अध्यक्ष ज्ञानु पौडयाललाई नेप\mस्कूनको स्थापना दिवसको अवसरमा उत्कृष्ठ संस्थापक अध्यक्ष पुरस्कार र गत सहकारी दिवशको अवसरमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित पनि भएको छ ।
सभामा निर्वाचन उपसमितिका शिव गौडेल, हर्षहादुर रम्तेल, खिमकुमारी राना र सल्लाहकारहरु मेखराज पुन, श्यामलाल खरेलर्,र् इश्वरचन्द्र पोख्रेल, विशिष्ठ व्यक्तित्वहरु चेतराम पराजुली, टिकाराम पाण्डे, यमबहादुर थापा, र्सर्ुयकुमार सारु, रामेश्वर ढकाल, मोहनसिंह गुरुङले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।